Vision of Healthy Group स्वस्थकर र गुणस्तर उत्पादन नै कम्पनीको प्राथमिक्ता र अभियान।
आउनुहोस् हामी एक ढिक्का भएर काम गरौँ दुनियाँ बदल्नेछौं BECAUSE TEAMWORK CAN CHANGE WORLD
स्वस्थकर समुदाय हुँदै आत्मनिर्भरता स्वच्छ सफा हराभरा वातावरण मैत्री आयस्रोत मुखी।
अब हाम्रो अभियानय 🔊गोठदेखि ओठसम्म आलीदेखि थालीसम्म
आधुनिक, प्राकृतिक, र जैविक तरिकाले आफ्नै कृषि पशुपन्छी पालन र फलफुल तथा जडिबुटी खेती गर्ने। र किसानहरुलाई कम्पनिमा जोडेर लैजाने।
किसान र उत्पादकहरूसँग सहकार्य गर्दै मल बीउ बिजन कृषि विज्ञको तालिम परामर्श र बजार व्यवस्थापनको ग्यारेन्टीसहित उत्पादनलाई सिधा उपभोक्ता सम्म पुर्याइ किसानलाई उत्पादनको उचित मूल्य निर्धारण दिई बिचौलिया विधि बन्द गरिने तपाईं हाम्रो अभियान।
स्वस्थकर गुणस्तर ताजा उत्पादनलाई जमिनबाट सिधै उपभोक्तासम्म पुर्याई महंगीको मारमा पर्न नदिई सामानको सही मूल्यमा उपलब्ध गराउने र ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी केलाउने, सफा गर्ने र प्याकेजिङ गरि ग्राहक सम्म पुर्याउने।
मानव स्वास्थ्यलाई ध्यानमा राखी जैविक प्राङ्गारिक वर्मीकम्पोस्ट पर्माकल्चर पंचकर्मा पद्धति द्वार माटोलाई स्वच्छ उर्वर बनाइ गुणस्तरीय उत्पादन गर्ने। र उत्पादकहरुलाई स्वस्थकर र गुणस्तर उत्पादन गर्न तालिम, परामर्श, र बजार व्यवस्थापन गर्ने।
सबै उत्पादक किसानसँग हातेमालो गरी पशुपंक्षीबाट मासु तथा दुग्धजन्य उत्पादन गर्दा मानव स्वास्थ्यलाई ध्यानमा राखि स्वास्थ्यलाई असर गर्ने दाना नखुवाई स्वस्थकर प्राकृतिक हरियो आहार( मकै गहुँ, ढुटो पिठो…….) जस्ता आहारबाट उत्पादन गर्ने। तालिमको व्यवस्था गराउने।
नेपालको हरेक वडामा कृषि समूह बनाई सबै किसान उत्पादक समूहलाई कम्पनीमा जोडेर लैजाने अहिले खाली भएका गाउँहरूलाई आयस्रोत मुखी बनाई। गाउँमै बस्ने वातावरण बनाउने।
हिमाल तराई पहाड़ स्वस्थकर र आयस्रोत मुखी सदाबहार।
हामी सबै उत्पादक र उपभोक्ता र समुदायसँग हातेमालो गर्दै प्राकृतिक र आधुनिक कृषि प्रणाली परम्परागत सीप ज्ञानको समायोजनबाट गुणस्तर आत्मनिर्भर स्वस्थकर नेपालको निर्माण गर्दैछौं ।
गुणस्तरीय उत्पादनबाट बनौ सबै स्वस्थकर
अब हामिचलाउने छौँ यो अभियान विश्वभ

कृषि विज्ञहरूले सुरक्षित, जैविक विधिहरू प्रयोग गरेर उत्पादकत्व बढाउन किसानहरूलाई मद्दत गर्न निरन्तर तालिम र परामर्श प्रदान गर्छन्।

हामी प्राकृतिक कम्पोस्टिङ, जैविक-कीटनाशक, र पर्यावरण-सुरक्षित अभ्यासहरूलाई प्रवर्द्धन गर्छौं जसले माटो र वातावरण दुवैलाई सुरक्षित राख्छ।

नेपालको भूगोल र हावापानी अनुरूप आधुनिक जैविक प्रविधि र दिगो कृषि प्रणालीको परिचय।

हामी सबै उत्पादकहरूको लागि सुलभ मूल्यमा उच्च गुणस्तरीय जैविक बिउबिजन कम्पोस्ट मल र कृषि सामग्रीहरू उपलब्ध गराउने सुनिश्चित गर्छौं।

स्थानीय किसान समूहहरूलाई सुदृढ पार्ने, गाउँहरूमा रोजगारीका अवसरहरू सिर्जना गर्ने, र ग्रामीण समुदायहरूलाई आत्मनिर्भरतातर्फ सशक्त बनाउने।

हाम्रो पहलले उत्पादकको आम्दानीलाई सुधार गर्ने छ। हानिकारक केमिकल र रासायनको प्रयोग घटाइएको छ। नेपालीहरूको घरघरमा ताजा स्वस्थकर गुणस्तरीय उत्पादन उपलब्ध गराइएको छ
"Vision of Healthy Group मा सामेल हुनुभन्दा पहिले, मैले परम्परागत विधिहरू प्रयोग गर्थें। अब, मैले जैविक प्रविधिहरूले मेरो उत्पादन र आम्दानी दुवै बढाएको छु।"
"यी उत्पादनहरू ताजा, सफा र रसायनरहित छन्। मेरो खाना सिधै नेपाली किसानहरूबाट आउँछ भन्ने थाहा पाउँदा मलाई आत्मविश्वास र गर्व लाग्छ।"
Vision of Healthy Group सँग साझेदारी प्रेरणादायी रहेको छ। उनीहरूको मिशनले नेपालको राम्रो भविष्यको लागि कृषि, स्वास्थ्य र दिगोपनलाई साँच्चै जोड्दछ।"
हामी विश्वास गर्छौं कि स्वस्थकर उत्पादनको ज्ञानले किसान र उपभोक्ता दुवैलाई सशक्त बनाउँछ । हाम्रा सेवा र कामहरू स्वस्थकर आत्मनिर्भर नेपालको बारेमा सामान्य प्रश्नहरु/ उत्तरहरू यहाँ दिएका छन् ।
जैविक खेती भन्नाले कृत्रिम रासायनिक तत्त्वको हानिहरूबाट बचाउँछ। माटोलाई स्वस्थ र सुरक्षित बनाई स्वस्थकर उत्पादन गरी प्राकृतिक विधिहरूमा ध्यान केन्द्रित गर्दछ।
हामीले विशेषज्ञद्वारा पशुपंक्षी पालन तथा प्राकृतिक र जैविक कृषि फलफुल तथा जडीबुटी खेतीको व्यावहारिक तालिम परामर्श बजार व्यवस्थापन ग्यारेन्टी दिनेछौं
हो, हामी किसानलाई जैविक खेती, पशुपालन, जडिबुटी खेती र बजार व्यवस्थापन सम्बन्धी तालिम र विज्ञ परामर्श प्रदान गर्छौं।
हामी किसान र उत्पादकका लागि जैविक बिउ, मल, कम्पोस्ट, जडिबुटी बिरुवा र वातावरणमैत्री कृषि सामग्री सुलभ मूल्यमा उपलब्ध गराउँछौं।
हाम्रो सेवाहरूले प्रशस्तै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। स्थानीय किसान र उत्पादकलाई बलियो बनाउनेछ। प्राकृतिक जैविक प्रविधिबाट स्वच्छ माटो दिगो गुणस्तरीय उत्पादनबाट स्वस्थकर समुदायस बनाउन टेवा पुर्याउने छ।
पक्कै पनि! साना किसानहरू हाम्रो अभियानको मुटु हुन् । हामी सबैका लागि स्रोत साधन तालिम परामर्श र सामानको बजार ग्यारेन्टी सहित सेवा प्रदान गर्दछौं।
आत्मनिर्भरता स्वच्छ सफा हराबरा राष्ट्र निर्माणमा
VISION OF HEALTHY GROUP को अभियान
उपभोक्तादेखि किसान परिवारसम्म हामीसँगै स्वास्थ्य जीवन जिउने मार्ग बनाउ सक्छौँ